गुलाफ खेती अभियानमा चौविसे गाउँपालिका
पवित्रा मगर/धनकुटा, २९ बैशाख । धनकुटाको चौविसे गाउँपालिकाले यहाँ घुम्न आउने पर्यटकहरुलाई आकर्षित गर्न गुलाफ खेती कार्यक्रम सुरु गरेको छ ।
खेतीका लागि कोशी प्रदेश सरकारले गत बर्ष ७ लाख र चालु आर्थिक बर्षमा गाउँपालिका लाई ७ लाख रुपैयाँ उपलब्ध गराएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहालले जानकारी दिनुभयो ।

गुलाफ पार्क अभियानका लागि गाउँपालिले एक रोपनी जग्गामा मौसम अनुसार फूल्ने विभिन्न १८ प्रजातीका गुलाफ फूल संकलन गरि नर्सरी गरेको दाहालले जानकारी दिनुभयो ।
गाउँपालिकाको नर्सरी र भवन वरीपरी बनाईएका बगैचामा अहिले रंगीचंगी गुलाफ फुल्दै हुर्कीरहेका छन् ।
धरान र बिराटनगर जस्ता ठूलो जनसंख्या भएका सहरलाई लक्षित गरेर ब्यबसायिक रुपमा बिक्रिका लागि नर्सरी र खेति बिस्तार गर्दे जाने पालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो ।
आगन्तुक पाहुनाहरुको स्वागत,घरेलु सौन्दर्य सजावट र उपहारका लागि प्रयोग लागि हरेक घरमा गुलाफ बगौचा अनिवार्य गरिने गाउँपालिकाको योजना रहेको उहाँले जानकारी दिनुभयो ।
गत बर्ष उपलब्ध रकमबाट पालिकाले नर्सरी स्थापना,टनेल निर्माण,घेराबार,बिरुवा खरिद कार्यक्रम सम्पन्न गरेको पालिकाका कृषि शाखा प्रमुख चित्रान्जल यादवले जानकारी दिनुभयो ।(प्रशिक्षार्थी पत्रकार)


