धनकुटामा टाटा सुमो दुर्घटना,आठ जना घाइते(नामावली सहित)
धनकुटा,२९ बैशाख । धनकुटामा टाटा सुमो दुर्घटना भएको छ ।
आइतबार राती अन्दाजी १० बजे ताप्लेजुङबाट धनकुटा तर्फ आउदै गरेको मे १ ज २६५५ नम्बरको टाटा सुमो जिल्लाको साँगुरीगढी गाँउपालिका वडा नम्बर ३ कुसेटार स्थित तमोर करिडोर सडक खण्डमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा ८ जना घाइते भएको र घाइतेहरुलाई थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
सुमो सडकबाट अन्दाजी १० फिट खसेको साथै दुर्घटना पछि फरार भएका चालकलाई नियन्त्रणमा लिइएको प्रवक्ता खनालले बताए ।
दुर्घटनामा घाइते हुनेहरुमा चितवनको भरतपुर नपा ११ बस्ने वर्ष ४५ की नमकला फुयल,वर्ष ४७ को जयेश्वर पोखरेल,वर्ष ३८ की इसु पङगेनी,वर्ष २२ की निकिता फुयल,वर्ष अन्दाजी वर्ष १६ को शिरिष पोखरेल,वर्ष ४६ की सावित्री अधिकारी,बर्ष ५२ की दिप चन्द्र घिमिरे र बर्ष ४५ को नवराज फुयल रहेका छन् ।


