धनकुटाका तीन सामुदायिक वन सम्मानित
धनकुटा, २९ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले सामुदायीक वनको क्षेत्रमा उत्कृष्ठ काम गर्ने धनकुटाका तीन वटा सामुदायीक वन लाई सम्मान गरेको छ ।
सामुदायीक वन उपभोक्ता महासंघ धनकुटाले नगरपालिका १ मा रहेको सुकेपोखरी सामुदायीक वन, धनकुटा नगरपालिकाको बेलाहारामा रहेको जनकन्या सामुदायीक वन, र चौबिसे गाउँपालिकामा रहेको भोटेपौवा चिसापानी सामुदायिक वनलाई सम्मान गरेको हो ।
धनकुटामा ३ सय ५७ सामुदायीक वन उपभोक्ता समिती रहे पनि हाल करिब २ सय २० वटा मात्र सामुदायीक वन उपभोक्ता समिती सकृय रहेको र विभिन्न आय आर्जन, क्षमता विकास तथा सिप प्रवद्र्धन र दिगो वन व्यावस्थापनको काम हुदै आएको सामुदायीक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निल बहादुर थापाले जानकारी दिनु भयो ।


