धनकुटाको पाख्रीबासमा यसरी मनाइयो २५६९ ओै वुद्ध जयन्ती(फोटो फिचर)
धनकुटा । आज २५६९ ओै वुद्ध जयन्ती विभिन्न कार्यक्रमकाे आयाेजना गरि मनाईएकाे छ ।
वुद्ध जयन्तिकाे अवसरमा धनकुटाकाे पाख्रीवासमा रहेकाे वाैद्ध गुम्बामा भगवन गाैतम वुद्धकाे पूजा-आराधना,र्याली प्रदर्शन सहित गुम्बालाई आर्थिक सहयाेग गर्नेहरुलाई सम्मान गरिएकाे छ ।
नेपाल वाैद्ध गुम्बा विकास समाज पाख्रीवासकाे आयाेजनामा कार्यक्रम गरिएकाे हाे । कार्यक्रमकाे अवसरमा नेपाल वाैद्ध गुम्बा पाख्रीवासलाई आर्थिक सहयाेग गर्नुहुने ७ जनालाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएकाे नेपाल वाैद्ध गुम्बा विकास समाज पाख्रीवासले जनाएकाे छ ।






