स्याउ खेती तर्फ आकर्षित हुँदै बन्दुके डांडाका किसान

सैलेन्द्र तामाङ /बैशाख ३०,धनकुटा(चौविसे) । कुनैबेला मरुभूमी झै सुख्खा रहेको धनकुटा चौविसे गाउँपालिका वडा नं. ३ स्थित बन्दुके डाडाका किसानहरु स्याउ खेती तर्फ आकर्षित भएका छन् ।

बि.सं.२०७३ सालमा तमोर पर्मा कल्चर सिकाई थलोले गरेको खेतीबाट प्रभावित भएर अहिले यस क्षेत्रमा प्रत्येक घरमा प्लास्टिक पोखरीको सहयोगले स्याउका बिरुवा रोपिरहेको छन् ।

बर्खाको पानी प्लास्टिक पोखरीमा सङ्कलन गरि अहिले यहाँका प्रत्येक घरले आफ्नो बारीमा २५ देखि ३० ओटा सम्म स्याउको बिरुवा रोपेका छन् ।

पहिला मकै,कोदो जस्ता पारम्परिक खेती मात्र हुँदै आएपनि पर्माकल्चरले यस स्थानमा लटरम्म स्याउ फलाएर मनग्गे आमदानी गरेपछि किसानहरु स्याउ खेती तर्फ आकर्षित भएका हुन् ।

स्थनिय जित बहादुर तामाङले केही नहुने रुखो र सुख्खा ठाउँमा स्याउ जस्तो फलफूल रोप्न पाउँदा गर्ब लागेको बताउनुहुन्छ । बिरुवाहरु लाई मेहनत गरेर हुर्काई रहेको बताउने तामाङले पछि उत्पादन भएको स्याउको बजारीकरणमा स्थानीय सरकारले सहयोग गरिदिनुपर्ने सुझाव दिनुभएको छ ।

अर्का किसान धन बहादुर तामाङ पनि खुसी हुँदै भन्नुहुन्छ–‘अब हाम्रो आर्थिक अवस्था सुधार भएर घरमै बसेर रोजगारी मिल्छ भन्ने लागेको छ ।’

उहाँले परिक्षणको रुपमा बिगत ३ वर्ष अगाडी तमोर पर्म कल्चबाट बाँडेको स्याउ लटरम्म फलेको र त्यसबाट राम्रो आर्थिक लाभ प्राप्त भएको पनि जानकारी दिनुभयो ।

समुन्द्र सतह देखि १३ सय मिटरको उचाईमा रहेको यस अहिले बन्दुके डाँडाँ गाउँमा अहिले आन्ना र ब्रोसेट नामक स्याउ उत्पादन गर्न थालिएको छ ।

यस वर्ष पालिका, स्थानिय र पर्माकल्चरको त्रिपक्षिय साझेदारीमा यस गाउँका ३५ घर घुरिलाई बिरुवा बितरण गरिएको थियो ।

पर्माकल्चरको सिकाईबाट सम्पूर्ण गाउँ उत्साहित देखिएकोले यो बर्ष वडाले १ हजार स्याउको बिरुवा बितरण गरिएको वडा अध्यक्ष मदन सम्यक लिम्बूले जानकारी दिनुभयो ।

प्लाष्टिक पोखरीको सहयोगमा यस क्षेत्रमा स्याउ खेती गर्नेको लहर देखिएकोले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिंदै जाने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।(प्रशिक्षार्थी पत्रकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।