पाँचथरमा बन्दुक लुकाउने क्रममा पड्किँदा एक ब्यक्तिको मृत्यु

पांचथर । शिकार खेल्न गएका पाँचथरमा एक व्यक्तिको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ ।

गएराति ११.३५ बजे पाँचथर फाल्गुनन्द गाउँपालिका–१ उतेस्नीस्थित जंगलमा फिदिम नगरपालिका–९ दरेनी बस्ने ३३ वर्षीय मनबहादुर सम्बाहाम्फे र सोही ठाउँ बस्ने २० वर्षीय सुन्दर मगर घरेलु भरुवा बन्दुक लिई शिकार खेल्न गएका थिए ।

बाटोमा मानिस आउँदै गरेको देखेर सुन्दर सारु मगरले भरुवा बन्दुक झाडीभित्र लुकाउने क्रममा अचानक पड्किई उनको पेटमा लागेको थियो ।

घाइते मगरलाई जिल्ला अस्पताल पाँचथर फिदिम ल्याई चेकजाँच गर्दा उनको मृत्यु भइसकेको प्रहरीले बताएको छ । मृतकको शव जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको छ ।

संगै शिकार खेल्न गएका मनबहादुर सम्बाहाम्फेलाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।