झापामा एक ब्यक्ति शौचालयमै मृत फेला
झापा । झापाको हल्दिबारी गाउपलिका – २ आसमान गाउका ४२ वर्षीय दिल बहादुर राजवंशी शौचालयमा मृत फेला परेका छन् ।
वडा नं २ को आसमान गाउँमा बस्दै आएका अन्दाजी ४२ वर्षीय दिलबहादुर राजवंशी शौचालयमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
लामो समयदेखि बिरामी रहेका उनी लाई बिहान ५ बजेतिर शौचालयमा मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो।
आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोली घटनास्थलमा जाँदै गरेको वडाध्यक्ष शुकलाल राजवंशीले जानकारी दिनुभएको छ।


