मोरङको रतुवामाईमा करेन्ट लागेर दुई जना बृद्धाको मृत्यु
मोरङ, वैशाख ३१ गते । मोरङको रतुवामाई नगरपालिका-३ मिर्चा डागी स्थितमा करेन्ट लागेर २ जना बृद्धाको मृत्यु भएको छ ।
वैशाख ३० गते राती साढे ९ बजे छिमेकीको बिवाहमा गएका ७३ बर्षीया सुर्य देवी गनगाइ र ७० बर्षीया रामुदेवी गनगाई हावाहुरीका कारण बासमा बाधेको माइक ढलेर हाइ टेन्सन लाइनमा छोई बिद्युत प्रवाह हुँदा करेन्ट लागी घाईते भएका थिए ।
घाईते दुबैजनाको उपचारको क्रममा रंगेली अस्पताल मोरङमा मृत्यु भएको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट आवश्यक कानूनी प्रकृया भईरहेको छ ।


