धनकुटाका एक ब्यक्ति कोशी पुलबाट हाम फालेर बेपत्ता
धनकुटा । सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराघाट स्थित कोशी पुलबाट एक ब्यक्तिले हाम फालेर बेपत्ता भएका छन् ।
हाम फाल्ने ब्यक्ति धनकुटा जिल्लाको धनकुटा नगरपालिका ३ कागतेका ४५ बर्षिया ध्रुव थापा रहेको खुलेको छ । आज दिउँसो करिब २:३० बजे कोशी पुलबाट उनले हाम फालेर बेपत्ता भएका हुन् ।
घटनाको प्रत्यक्षदर्शी पंकज शाहका अनुसार थापा केही समयदेखि पुल क्षेत्रमा देखिएका थिए । प्राप्त जानकारी अनुसार उनी हिजो साँझ कोशी पुल नजिकै रहेको चौतारी होटलमा बास बसेर आज बिहान भने दोभान होटलमा खाना खाएका थिए।
खाना खाएर उनी कोशी पुलतर्फ लागेका थिए। हाल घटनास्थलमा प्रहरी र स्थानीय उद्धार टोलीको सहयोगमा खोजी कार्य भइरहेको छ। -स्रोत :नानो खबर


