साँगुरीगढी–८ स्थित भेडेटार–महाभारत–आहाले–बाह्रक्षेत्र ग्रामीण सडकको ढुङ्गे खण्डमा धमाधम निर्माण कार्य सुरु

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ स्थित भेडेटार, महाभारत, आहाले हुँदै बाह्रक्षेत्र जोड्ने ग्रामीण सडकको ढुङ्गे खण्डमा सडक निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।

आर्थिक वर्ष ८१/८२ मा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट थप विनियोजन गरिएको ५ करोड रुपैयाँ बजेटबाट निर्माण कार्य सुरु गरिएको वडा नं. ८ का वडा अध्यक्ष हृदयनारायण प्रसाद राईले जानकारी दिनुभयो। उहाँका अनुसार बजेट सुनिश्चित भएसँगै काम सुरु गरिएको हो र स्थानीयवासीलाई राहत मिल्ने विश्वास लिइएको छ।

सडक निर्माण अन्तर्गत मेसिनरीको कलभत, गेभियन जाली तथा १० मिटर चौडाइको मापदण्ड अनुसार सडक विस्तार गरिनेछ। सो कार्य साँगुरीगढी–८ को ढुङ्गे क्षेत्रदेखि सुरु भई साँगुरीगढी–९ को आहाले थुटेबरसम्म सम्पन्न गरिनेछ।

वडा अध्यक्ष राईका अनुसार यो सडकको निर्माणले धनकुटाको भेडेटार, महाभारत, आहाले क्षेत्र तथा बाह्रक्षेत्रको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ, साथै कृषि, पर्यटन तथा स्थानीय व्यापारमा समेत टेवा पुग्नेछ।

स्थानीयवासीले सडक निर्माणप्रति खुशी व्यक्त गरेका छन् र काम समयमै सम्पन्न होस् भन्ने आशा गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।