मोरङको बेलबारीका ७७९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विराटनगर । मोरङको बेलबारी नगरपालिकाभित्रका विभिन्न ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ सय ७९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

चाइना फाउण्डेसन फर रुलर डेभलपमेन्टको सहयोगमा न्यू लाइट फाउण्डेसन र एकीकृत हातेमालो समाजको समन्वयमा विद्यालयस्तरका बालबालिकालाई झोलासहित शैक्षिक सामग्री वितरण गरिएको हो ।

विशेषगरी आर्थिक रूपमा कमजोर, दलित र जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै सामग्री वितरण गरिएको एकीकृत हातेमालो समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम गिरीले जानकारी दिए । ‘कतिपय विद्यार्थीलाई किताब कापी हातमै बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो,’ गिरीले भने, ‘अब उनीहरूको पठनपाठन सहज हुने विश्वास लिएको छौं ।’

श्री किसान आधारभूत विद्यालय, श्री रामजानकी आधारभूत विद्यालय, श्री देवकोटा आधारभूत विद्यालय, श्री रणपाल विद्यालय, श्री एकता आधारभूत विद्यालय र श्री महेन्द्र आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामग्री वितरण गरिएको न्यू लाइट फाउण्डेसनका प्रबन्धक आसिफ हसनले जानकारी दिए । ‘किताब कापी हातमा बोकेर आएका ती बालबालिकाले झोलामा सामग्री राखेर फर्किंदा अनुहारमा देखिएको खुसी हाम्रा लागि पनि प्रेरणादायी बन्यो,’ हसनले भने ।

विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर अधिकारीले झोला पाएपछि विद्यार्थी पठनतर्फ झन् आकर्षित हुने विश्वास व्यक्त गरे । ‘झोला र सामग्री पाएपछि बालबालिकामा विद्यालयप्रति आकर्षण बढेको देखिएको छ,’ उनले भने, ‘सहयोग गर्ने सबै संघसंस्थाप्रति आभार व्यक्त गर्दछु ।’
झोला वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुखाराम भगत, बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइराला, वडा नम्बर ६ का वडा अध्यक्ष डिल्लीबहादुर कटुवालसहित अभिभावक तथा स्थानीय प्रतिनिधिको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।

एकीकृत हातेमालो समाजले मोरङको बाहुनी, तेतरिया, मोतीपुर, बेलबारीलगायतका स्थानमा विगतदेखि नै शैक्षिक सामग्री वितरण गर्दै आएको थियो । त्यस्तै समाजले ज्येष्ठ नागरिकका ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको भवनसमेत निर्माण गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।