माओवादी नेता माझी सहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

रौतहट, १ जेठ। पछिल्लो समय रौतहट स्थित नेकपा एमालेको संगठन बिस्तार हुँदै गएको छ।

 

एमालेका नेताहरुको पहलमा नेकपा माओवादीका एकजना वडा प्रत्यासी सहित जिल्लाको सिंगो  गाउँबासी नै माओवादी पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।

नेकपा एमाले गुजरा नगर कमिटी द्वारा आयोजित बृहत् पार्टी प्रबेश कार्यक्रम अन्तर्गत बुधवार गुजरा नगरपालिका ३ सीमरी स्थित वडा प्रत्याशी काजीमान माझी मावाेवादि पार्टी  परित्याग गरि एमालेमा प्रवेश गरेका हुन्।

 

माओबादी नेता माझी संगै सिंगो सिमरी गाउँनै माओबादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन्। कार्यक्रमका प्रमुख अतिथी  नेकपा एमाले केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज अजय गुप्ता केन्द्रिय सदस्य  कुन्दन कुशवाहा लगायतले नवप्रवेशी लाई माला र टिका लगाएर  स्वागत गरेका थिए।

 

कार्यक्रममा भुमी आयोग केन्द्रिय सदस्य आरती भन्डारी, पुर्व राज्यमन्त्री प्रदेश सांसद केशव राय चौधरी, भुमी आयोग जिल्ला अध्यक्ष अखिलेश्वर चौधरी, जिल्ला कमिटि सद्स् एवम क्षेत्र ३ का क्षेत्रिय अध्यक्ष युवराज ज्ञवालि, मेयर प्रत्यक्षी शेख एक्रामुल, संगै एमालेका जिल्ला कमिटी  पदादिकारि ,नगर अध्यक्ष जयराम चाैधरि,  लगायतको उपस्थिती रहेको थियो। वडा प्रत्याशी माझी माओबादी सशस्त्र द्वन्दकाल देखिनै माओबादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। माओबादी नेतृत्व जनचाहना अनुसार परिवर्तन हुन नसकेको कारण एमालेमा प्रवेश गरेको न्युज कारखाना लाई बताएका थिए। एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा क्षेत्र ३ को पार्टी इन्चार्जको जिम्मेवारी पाएदेखि पार्टीको गतिबिधि तथा सक्रियता बढेको छ। करीब ४०० जनसंख्या रहेको सिमरी गाउँका तीनसयको हाराहारीमा मानिसहरू एमालेमा प्रवेश गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।