खोटाङमा रास्वपा रावाबेँसी गाउँपालिका सभापति पाण्डे एमालेमा प्रवेश
खोटाङ । खोटाङमा रास्वपा रावाबेँसी गाउँपालिका सभापति पाण्डे एमालेमा प्रवेश गरेका छन् ।
बुधबार डुम्रेधारापानीको धैरेनीटारमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलाको अवसरमा पाण्डे एमाले प्रवेश गरेका हुन् ।
नवप्रवेशी पाण्डेलाई एमाले पोलिटब्युरो सदस्य एवं खोटाङ इन्चार्ज विशाल भट्टराईले स्वागत गरे । पाण्डेलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउँदै भट्टराईले उनको आगमनमा पार्टी थप बलियो भएको बताए ।
पाण्डेले रास्वपा पछिल्लो समयमा राजनीतिक अपरिपक्वताले जेलिएको र विभिन्न काण्डहरूमा संलग्न रहेका कारण पार्टी परित्याग गरेको बताए ।


