धनकुटाको साँगुरीगढीमा स्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण झरना ओझेलमा

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ मा अवस्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण झरना ओझेलमा परेको छ। केही वर्ष अगाडी गाउँपालिकाले पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्यले तमोर करिडोर (कबेली सडक) बाट झर्नासम्म पुग्ने बाटो विस्तारका लागि बजेट विनियोजन गरेको थियो।

तर माथिबाट खसेको पहिरोले पुरिँदा बाटो अवरुद्ध भएको छ। यस झरनामा अहिले स्थानीय केटाकेटीहरू पिकनिक खान आउने गरेको पाइन्छ। गाउँपालिकाले फेरि बजेट विनियोजन गरी संरचना मर्मत र व्यवस्थापनमा ध्यान दिन जरुरी देखिएको छ।

स्थानीय तहले झरनाको संरक्षण र पर्यटकीय प्रवर्धनका लागि दीर्घकालीन योजना बनाउँदै त्यसअनुसार बजेट विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्राकृतिक सौन्दर्य, शान्त वातावरण र संभावनायुक्त पर्यटन विकास क्षेत्रको रूपमा झरनाले गाउँपालिकाको पहिचान बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।