धनकुटाबाट २८ किलो लागुऔषध गांजा सहित एक जना पक्राउ
धनकुटा,१ जेठ । धनकुटाबाट लागुऔषध गांजा सहित एत जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका ९ बस्ने अन्दाजी ५१ बर्षिया राजु राई रहेका छन् ।
आज दिउंसो धनकुटा नपा ९ मुलघाट स्थित कोशी लोकमार्गमा साप्टिङटारबाट धरानतर्फ जाँदै गरेको पैदलयात्री राईले कार्टुनमा लागुऔषध गाँजा २८ किलो लिएर तमोर नदीको पुलमा गाडी कुरी रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
प्रहरी चौकी मुलघाट्बाट खटिएको गस्ती टोलीले शंका लागी जाँच गर्दा उल्लेखित परिमाणमा लागुऔषध गाँजा फेला पारेपछि निजलाई सो गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


