आधारभूत तहमा दिगो न्यायिक सेवा दिने तयारीमा सहिदभूमि

नारायण कुमार राई/धनकुटा,१ जेठ । न्यायिक सेवालाई नागरिकहरुको पहुँच सम्म पु¥याएर प्रभावकारी कार्यान्वयन गर्न धनकुटाको सहिदभूमि गाउँपालिकाले वडा स्तरमा मेलमिलाप कमिटी निर्माण गर्ने भएको छ ।

पालिकाको न्यायिक समितिमा धेरै भन्दा धेरै नागरिकका समस्याहरु आएर वडा स्तरमा नै घटनाहरु मिलाउन भने यो प्रयास गर्न लागिएको हैन । पालिका सम्म नआईपुगेका सम्भावित घटनाहरुमा नागरिकहहरुलाई न्यायको पहुँच प्रत्याभुत गराउन यो कमिटी निर्माण गर्न लागिएको हो ।

समितिका उजुरी प्रशासकको काम हेरी रहेका दिपक राईका अनुसार बितेका ७ बर्षमा न्यायिक समितिमा जम्मा २८ देखि ३० वटा सम्म उजुरी परेका छन् ।

यस बर्षको उजुरी हेर्ने हो भने न्यायिक समितिमा अहिले सम्म जम्मा २ वटा मात्र उजुरी परेकाछन् । जसमा पनि एउटा अघिल्लो बर्षको हो,जो फच्र्याैट भईसहेको छ । बाँकी एउटा पनि फच्र्यौटको चरणमा छ । यो जिल्लाकै स्थानीय तहको तुलनामा कम उजुरी पनि हो ।

तर पनि पालिकाको न्यायिक समितिले आधारभूत तहमा पुगेर काम गर्न बुधबार एक सरोकारवालाहरुको छलफल तथा परामर्श बैठक गरेर पालिकाका ७ वटै वडामा कमिटी गठन गर्ने बिषयमा परामर्श गरेको छ ।

समितिले ईलाका प्रहरी चौकी आँखिसल्ला मातहतका प्रहरी चौकी,न्यायिक समितिका सदस्यहरु र पालिकामा रहेका मेलमिलापकर्ताहरु संग छलफल तथा परामर्श गरेको हो ।

छलफल तथा परामर्शबाट पालिकाको आउने गाउँसभाबाट मेलमिलाप सदस्हरु छनौट गरेर मेलमिलाप समिति गठन गर्ने बिषयमा सरोकारवालाहरु बीच जानकारी आदानप्रदान भएको छ ।

समिति गठनले ग्रामिण क्षेत्र र पालिकाबाट दुरदराजमा भएका नागरिकहरु पालिकाको न्यायिक समिति सम्म आउन नसक्ने सम्भावित अवस्थाको अन्त्य गर्ने पालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक रत्नश्वरी राईले जानकारी दिनुभयो ।

कार्यक्रममा आउनुभएको सबै महानुभावहरुलाई पालिका अध्यक्ष मनोज राईले,न्याय सम्पादनका लागि घामपानी र झरीबादलमा पनि काम गर्न सहजहोस भनेर सबैलाई छाता उपहार दिएर पठाउनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।