पाँचथरमा कुकुरले श्रीमतीलाई टोकेपछि श्रीमानले हाने कुकुर पाल्नेलाई खुकुरी

पांचथर । पाँचथरको मिक्लाजुङमा श्रीमतीलाई कुकुरले टोकेपछि आक्रोशित बनेका एक व्यक्तिले कुकुर धनीलाई नै खुकुरी हानेका छन् ।

बुधवार बिहान १० बजे पाँचथर मिक्लाजुङ गाउँपालिका –३ देवीथान गैरीगाउँ बस्ने ५४ वर्षीय ललितबहादुर राईको कुकुरले छिमेकी ५४ वर्षीय सन्तबहादुर राईकी श्रीमती ४५ वर्षीया चन्द्रमाया मगर(राई)लाई टोकेको थियो । सोही विषयमा विवाद हुँदा दिउँसो ४ः३५ बजे सन्तकुमारले कुकुर धनी ललितबहादुरको टाउकोमा खुकुरी प्रहार गरेका हुन् ।

टाउकोमा गहिरो चोट लागेर बोल्न नसक्ने गम्भीर अवस्थाका ललितबहादुरलाई उपचारका लागि झापातर्फ ल्याइएको छ । खुकुरी प्रहार गर्ने सन्तकुमारलाई खुकुरीसहित प्रहरी चौकी दशमी बजारले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।