यि हुन् धनकुटाका विभिन्न स्थानबाट ४३ किलो लागुऔषध गाँजा सहित पक्राउ परेका चार जना

धनकुटा । धनकुटाको विभिन्न स्थानबाट जम्मा ४३ केजी गाँजा सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत जेठ १ गते बेलुकी १८:४५ बजे साँगुरीगढी गाँउपालिका वडा नम्बर ६, भेडेटार चोकमा इलाका प्रहरी कार्यालय, भेडेटारबाट खटिएको चेकिङ टोलीले सार्वजनिक सवारीसाधन जाँच गर्ने क्रममा संखुवासभाबाट दमकतर्फ जाँदैगरेको प्रदेश नम्बर १-०२-००१ ज ४६५९ नम्बरको EV माइक्रोबसका यात्री जिल्ला धनकुटा, शहीदभूमि गाँउपालिका, वडा नम्बर २ वतन भएका २२ वर्षीय सन्तोष दर्जीले बोकेको ह्याण्डब्यागमा १२ के.जी गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिएको हो ।

यस्तै सोही टोलीले सोही समय र स्थानमा भोजपुरबाट इटहरीतर्फ जाँदैगरेको प्रदेश नं १-०२-००१ ज ४४०९ नम्बरको EV माइक्रोबसका यात्री जिल्ला मोरङ, सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० बस्ने २ जना २६ वर्षीय जयराम सरदार र १८ वर्षीय सुदीप सरदारको ह्याण्डब्यागबाट ३ के.जी गाँजा बरामद गरी निजहरूलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रहरी चौकी मुलघाटबाट खटिएको गस्ती टोलीले ०१ गते नै दिनको १२:०० बजे जिल्ला धनकुटा, धनकुटा नगरपालिका, वडा नम्बर ९, मुलघाटस्थित कोशी लोकमार्गको सडक खण्डमा साप्टिङटारबाट धरानतर्फ जाँदैगरेका पैदलयात्री जिल्ला धनकुटा, धनकुटा नगरपालिका वडा नम्बर ९ वतन भएका ५१ वर्षीय राजु राईलाई तमोर नदीको पुलमा गाडी कुरिरहेको अवस्थामा कार्टूनमा प्याक गरिएको २८ केजी गाँजासहित नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका चारै जना मानिसहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।