सप्तकोशी उच्चबाँध बारेमा धनकुटामा भएको सर्वपक्षीय छलफल निष्कर्ष बिहिन

नरेन्द्र कश्चित/धनकुटा,२ जेठ । सप्तकोशी उच्चबाँध परियोजनाको विविध विषयमा आज धनकुटामा भएको सर्वपक्षीय छलफल कार्यक्रम बिना निष्कर्ष सम्पन्न भएको छ ।

सर्वपक्षीय छलफल कार्यक्रम जिल्ला प्रशासन कार्यालय धनकुटाको सभाहलमा सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको सभापतित्वमा सप्तकोशी उच्चबाँध विषय सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरिएको थियो ।सर्वपक्षीय छलफल पछि सप्तकोशी उच्चबाँध विरुद्ध संघर्ष समितिका अध्यक्ष असिम राई र सचिव छत्रप्रसाद राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-सर्वपक्षीय छलफल सौहद्रतापुर्वक सम्पन्न भएको तर सर्वपक्षीय छलफल कार्यक्रमले कुनै ठोस निष्कर्षमा नपुगिएको समस्त माथिलो तटीय क्षेत्रका पिडित आम सर्वसाधारणहरुमा सूचित गराउदछौ ।

यसैगरि विज्ञप्तिमा भनिएको छ-सर्वपक्षीय छलफल कार्यक्रममा गहन विषयबस्तुहरु उठाइएका,त्यस विषयवस्तुहरुलाई नजरअन्दाज नगर्न र सप्तकोशी उच्चबाँध राष्ट्रको,जनताको हितमा नभएको भन्दै
उच्चबाँधको डिपिआरलाई तुरुन्त रोक्न,नरोकिए आम जनताद्वारा विद्रोह हुन सक्ने सर्वपक्षीय छलफल कार्यक्रममा प्रस्तुत गरिएको कुरा समेत आम जनताहरुलाई जानकारी गराउदछौ ।

साथै सर्वपक्षीय छलफल कार्यक्रममा सप्तकोशी उच्चबाँध विरुद्ध संघर्ष समिति छलफलमा मात्रै सहभागिता जनाउनका लागि हस्ताक्षर गरेको तर उक्त सहभागिताको हस्ताक्षर पश्चात् कुनैपनि निर्णय नगरिएको समेत सम्पूर्णमा अवगत गराउदछौ ।साथै हाम्रो सहभागिताको हस्ताक्षर पश्चात् कुनैपनि निर्णय लेखिएको वा लेखेमा त्यसको सम्पुर्ण जिम्मेवारी आयोजक पक्षले नै लिन पर्ने र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मा आयोजक नै स्वंय हुने समेत विज्ञप्ति मार्फत सम्पूर्णमा जानकारी गराइएको उल्लेख छ ।

सप्तकोशी उच्चबाँध विषयमा सर्वपक्षीय छलफल कार्यक्रम आयोजनामा प्रमुख भूमिकामा रहनुहुने प्रमुख जिल्ला अधिकारी श्री टुवराज पोख्रेलप्रति सप्तकोशी उच्चबाँध विरुद्ध संघर्ष समितिले विज्ञप्ति मार्फत धन्यवाद ब्यक्त गरेको छ भने छलफल कार्यक्रममा उपस्थित भइ संघर्ष समितिले उठान गरेिएका विषयमा साहनुभूति,चासो चिन्ता लिएर जुन ढंगले जनआवाजहरुलाई सम्बोधन गरेर मात्र आयोजना संचालन गरिनु पर्नेेमा जोड दिने जिल्लामा क्रियाशिल सम्पूर्ण राजनीतिक दलहरुलाई पनि सप्तकोशी उच्चबाँध विरुद्ध संघर्ष समितिद्वारा आभार प्रकट गरिएको छ ।

साथै उक्त सर्वपक्षीय छलफल कार्यक्रममा उपस्थित जिल्ला समन्वय समिति प्रमुख,पालिका प्रमुखज्यूहरु,वडाध्यक्षज्यूहरु लगायत संचारकर्मी मित्रहरुप्रति समेत धन्यवाद व्यक्त गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖