धनकुटाको पाख्रीवासमा यसरी मनाइयो साकेला उभौली चाड (भिडियो सहित)

धनकुटा,३ जेठ । धनकुटाको पाख्रीवासमा आज भव्य रुपमा साकेला उभौली चाड मनाइएको छ ।

किरात राई यायोक्खा पाख्रीवास नगर कार्य समितीको आयोजनामा बृहत् साँस्कृतिक कार्यक्रम सहित साकेला उभौली चाड मनाइएको हो ।

प्रकृति पूजक यो समुदायले साकेला थानमा पूजा आराधना गर्दै साकेला नृत्य नाच्दै यो चाड मनाउने गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व खानेपानी मन्त्री तथा संघिय सांसद राजेन्द्र कुमार राईले विभिन्न जातजातिको कला, संस्कृतिको विकासलाई व्यवस्थित ढंगले अघि बढाउन आवश्यक रहेको बताउनु भयो । जसका लागि किरात राई यायोक्खाले भुमिका खेलिरहेको उहाँको भनाइ छ ।

समितिका नगर अध्यक्ष जितेन्द्र माङपाहाङको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सांसद राईले यो संस्थाले शिक्षा,स्वास्थ्य सहित आर्थिक क्षेत्रलाई समेत लक्षित गरेर कार्यक्रमहरु गर्न सुझाव दिनु भयो ।

स्थानिय जनप्रतिनिधीहरु सहित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि,जिल्ला समन्वय समितिका उप प्रमुख साबित्रा राई,प्रदेश सांसद निरन राई,किरात राई यायाेक्खाका केन्द्रिय सचिव अस्मिका राई, जिल्ला अध्यक्ष उद्ववमणी राई लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन किराया नगर समितीका सचिव चकेन्द्र राईले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।