झापामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पती गम्भीर घाइते

झापा । मेची राजमार्गको चारआली–केचना खण्डस्थित मेचीनगरको ढुवागढीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पती गम्भीर घाइते भएका छन् ।

आइतबार दिउँसो साढे १२ बजेको समयमा मेचीनगर नगरपालिका-१४ ढुवागढीस्थित नमुना टोलमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको स १ क १८१ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्र–०१–००१–०१८ प ००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक मेचीनगर–१३ निवासी ५५ वर्षीय मानबहादुर लिम्बु र पछाडि सवार उनकी श्रीमती ५२ बर्षीया टीका श्रेष्ठ लिम्बु घाइते भएका छन् ।

दुर्घटनामा परी टीकाको कम्मरदेखि तलको भाग टुक्राटुक्रा भएर चुँडिएको छ । गम्भीर घाइते भएका दुवैको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलका रहेका प्रत्यक्षदर्शीका अनुसार ढुवागढीस्थित नमुना टोलको सडकमा धेरै नै खाल्डाखुल्डी रहेकोले मोटरसाइकल चालकले एक्कासि ब्रेक लगाउँदा पछाडिबाट तीव्र गतिमा आएको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।