धनकुटाको पाख्रिबासमा आत्महत्या न्यूनीकरण तथा लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न
धनकुटा,४ जेठ । धनकुटाको पाख्रिबासमा आत्महत्या न्यूनीकरण तथा लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा जिललाको पाख्रीबास नगरपालिका १० चुम्बाङ स्थित भारती माध्यविक विद्यालयमा कार्यक्रम समपन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अनुसान्धान जिल्ला कार्यालय धनकुटाका प्रमुख, भारती माध्यविक विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु, स्थानीय, जनप्रतिनिधी, बुद्धिजिवि, भद्रभलादमी, विद्यार्थी ,अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रजिअ पोख्रेलले जिल्ला प्रशासन कार्यालय धनकुटाबाट हुने सेवा प्रवाहा साथै धनकुटा जिल्लाको लागु औषध तथा आत्यहत्याको अवस्था लगायत समग्र शान्ति सुरक्षा सम्बन्धी मन्तब्य राख्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले आत्महत्या रोकथाम तथा न्यूनीकरण, लागु औषध सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।


