बिर्तामोडबाट मोटरसाइकल चोरीमा संलग्न एकै परिवारका तीन जना दाजुभाई सहित चार जना पक्राउ
झापा । मोटरसाइकल चोरीमा संलग्न एकै परिवारका तीन जना दाजुभाई सहित चार जनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकल चोरी र विक्रिमा संलग्न बिर्तामोड – ३ का रञ्जित राजवंशी, प्रदिप राजवंशी , कुमार राजवंशी र बिर्तामोड ७ का जागिर आलमलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ४ वटा मोटरसाइकल र एउटा अटो समेत बरामत गरेको छ ।


