मोरङको रतुवामाईमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मोरङ, जेठ ०५ गते । मोरङको रतुवामाई नगरपालिका-६ त्रिबेणी चोक स्थित आमबारी उर्लबारी सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
जेठ ४ गते साँझ आमवारीबाट उर्लवारी तर्फ जादै गरेको प्र १-०२-०४५ प ९०६० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडी सवार मोरङको रतुवामाई नगरपालिका-५ की ४५ बर्षीया भवानी मेहता गम्भिर घाईते भई उपचारको लागी रंगेली अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
मोटरसाईकल चालक मृतकका छोरा २३ बर्षीय रमेश मेहतालाई इलाका प्रहरी कार्यालय रंगेली मोरङले मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।


