धनकुटाका सात मध्ये साँगुरीगढीको बेरुजु सबैभन्दा कम,कुन पालिकाको कति ?

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिमा धनकुटाका अन्य स्थानियतह मध्ये सबै भन्दा कम बेरुजु देखिएको छ । साँगुरीगढी आर्थिक पारदर्शीताका हिसाबले धनकुटाका अन्य पालिका भन्दा अगाडि देखिएको हो ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औं प्रतिवेदन अनुसार साँगुरीगढीको आर्थिक वर्ष २०८०÷०८१ को महालेखाको प्रतिवेदन अनुसार ८९ करोड ८८ लाख ४५ हजारको लेखापरिक्षण गर्दा ३७ लाख, ५३ हजार अर्थात कुल लेखा परिक्षण भएको रकमको ०.४० प्रतिशत मात्र प्रतिवेदनमा बेरुजु देखिएको छ ।

त्यस्तै धनकुटाका सात स्थानियतह मध्ये सबै भन्दा बढी बेरुजु छथर जोरपाटी गाउँपालिकाको देखिएको छ । छथर जोरपाटीको लेखा परिक्षण गरिएको ९५ करोड ७४ लाख, आठ हजार मध्ये २ करोड ८९ लाख ४८ हजार बेरुजु देखिएको छ । जुन कुल लेखापरिक्षण गरिएको रकमको ३.०२ प्रतिशत हो । त्यस्तै सहिदभूमी गाउँपालिकाको १ अर्ब ४ करोड २९ लाख २० हजारको लेखापरिक्षण गरिएकोमा एक करोड ६१ लाख रुपैयाँ अर्थात १.५४ प्रतिशत रकम बेजुरु देखिएको हो । धनकुटा नगरपालिकाको १ करोड ४७ लाख ५१ हजार रुपैयाँ बेरुजु देखि छ । जुन लेखा परिक्षण गरिएको रकमको १.११ प्रतिशत हो ।

त्यस्तै चौबिसे गाउँपालिकाको लेखा परिक्षण गरिएको कुल रकमको ०.६८ प्रतिशत रमक बेरुजु देखिएको छ । चौबिसेको ८६ करोड १० लाख ३६ हजारको लेखापरिक्षण गरिएको छ । पाख्रिवास नगरपालिकाको २ करोड ६८ लाख १७ हजार रुपैयाँ बेरुजु रहेको छ । महालक्ष्मी नगरपालिकाको २ करोड २ लाख ८२ हजार रुपैयाँ बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा देखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।