रानीतालको तस्वीरले जित्यो पहिलो पुरस्कार

पबित्रा मगर/जेठ ५,धनकुटा( चौबिसे) । घरेलु उद्योग महासंघ धनकुटाले बैसाख २३ देखि जेठ ५ गते सम्म धनकुटामा आयोजना गरेको महोत्सवमा चौबिसे गाउँपालिकामा रहेको मावरक(रानी ताल) जिल्लाको फोटो प्रदर्शनीमा प्रथम भएको छ ।

महोत्सवमा फोटो पत्रकार महासंघ धनकुटाले फोटो प्रदर्शनी संगै आयोजित जिल्लाका पर्यटकीय गन्तब्यहरुको तस्वीरहरुको प्रतिष्प्रधानमा रानी तालको तस्वीरले प्रथम स्थान हाँसिल गरेको हो ।

रेडियो धनकुटा एफ.एम.मा कार्यरत संचारकर्मी बिमल याखाले खिच्नु भएको उक्त रानी तालको तस्वीरले प्रतिष्प्रधामा सहभागी २० वटा तस्वीरलाई पछि पारेको हो ।

याखाको तस्वीरले ६०.६५ अंक ल्याएर नगद ७ हजार ५ सय नगद जितेको छ । त्यस्तै अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार हरिबहादुर लम्जेलको तस्वीरले ५५.०३ अंक पाएर दोस्रो स्थान संगै नगद ५ हजार जितेको छ ।

तेस्रो स्थानको उपाधी प्रणव लिम्बूको तस्वीरले ५१.९५ अंक ल्याएर नगद २ हजार ५ सय जितेको छ ।

बिजेताहरुलाई आज महोत्सवको समापनमा पूर्व खानेपानी मन्त्री तथा संघिय सांसद माननिय राजेन्द्र कुमार राईले नगद र प्रमाणपत्र दिएर सम्मान गर्नुभएको थियो ।

छनौट प्रक्रियामा फोटो पत्रकार महाँसंघ धनकुटा,केन्द्रिय समिति र भोटिङ अंकभारका आधारमा निर्णय गरिएको महासंघ धनकुटाका अध्यक्ष कविराज घिमिरेले जानकारी दिनुभयो । (प्रशिक्षार्थी पत्रकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।