इलाममा सडकबाट खसेर ट्रक दुर्घटना

इलाम । इलामको रोङ गाउँपालिकास्थित मेची राजमार्गमा सडकबाट खसेर ट्रक दुर्घटना भएको छ ।

आज बिहान ७ः१५ बजे रोङ गाउँपालिका ४ स्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको प्र १–०१–००१ च १२५२ नं. को किराना सामान बोकेको मिनी ट्रक ब्रेक फेल भई सडकदेखि करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मिनी ट्रकका सहचालक झापा बुद्धशान्ति –५ बस्ने ४१ वर्षीय कुमार श्रेष्ठ घाइते भएका छन् । ट्रक चालक झापा मेचीनगर –१५ ज्यामिरगढी बस्ने ४१ वर्षीय राजेन्द्र मुखियालाई प्रहरी चौकी किटेनीले नियन्त्रणमा लिएको छ ।

ट्रक घटनास्थलमै रहेको र निकाल्ने पहल भइरहेको इलाम प्रहरीले जनाएको छ|-स्रोत: प्रतिदिन दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।