धनकुटाको पाख्रीवासमा महिलाहरुको क्षमता अभिवृद्वीका लागि उद्घोषण सम्बन्धि ५ दिने तालिम शुरु

धनकुटा । महिलाहरुकाे क्षमता अभिवृद्वीका लागि आजदेखि धनकुटाकाे पाख्रीवासमा उद्घाेषण सम्बन्धि ५ दिने तालिम शुरु भएकाे छ ।

पाख्रीवास नगरपालिका ४ नं वडा कार्यलयकाे सहयाेग तथा छथर मिडिया प्रा.लि. धनकुटाकाे आयाेजनामा सञ्चालित तालिमकाे उद्घाटन वडा नं ४ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सन्ताेष मानन्धरले गर्नु भएकाे हाे ।

छथर मिडिया प्रा.लि का सञ्चालक कविराज घिमिरेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै वडाध्यक्ष मानन्धरले तालिमका सहभागिहरुलाई ध्यानपूर्वक तालिम लिन र व्यवहारमा लागू गर्न आग्रह गर्नुभयाे । उहाँले बाेल्नेकाे पिठाे विक्ने,नबाेल्नेकाे चामल पनि नबिक्ने भन्ने नेपाली उखानकाे उदाहरण दिदै उद्घाेषण कला अब्बल भए विभिन्न ठाउँमा अवसर मिल्न सक्ने र व्यवहारिक जीवनमा पनि कुनै समूह,संगठनलाई नेतृत्व गर्न सजिलाे हुने बताउनु भयाे ।

त्यस्तैगरि नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष तथा उद्घाेषण तालिमका प्रशिक्षक विदुर खवास र नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष विनाेद घिमिरेले याे तालिमकाे अवसरकाे भरपुर उपयाेग गरि उद्घाेषण कला सिक्न सहभागिहरुलाई सुझाव दिनुभयाे ।

वडा सदस्य सुष्मा गुरुङले तालिमकाे उद्देश्य स्पष्ट पार्दै स्वागत मन्तव्य राख्नु भएकाे थियाे । तालिमकाे शुरुवातकाे दिन आज उद्घाेषण भनेकाे के हाे ? कसरी गर्ने ? किन गर्ने ? उद्घाेषण गर्न आवश्यक कुराहरु के के हुन् भन्ने लगायतकाे वारेमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष खवासले प्रशिक्षण दिनु भएकाे थियाे ।

जेठ १० गते सम्म सञ्चालन हुने तालिममा पाख्रीवास नगरपालिका वडा नं ४ का ५ जनाकाे सहभागिता छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।