धनकुटामा ‘भुई्ँ मान्छे’ को बिमर्श(भिडियो सहित)
नारायण कुमार राई,धनकुटा । धनकुटामा डा.बिन्दा पाण्डेको पुस्तक ‘भुई्ँ मान्छे’ को बिषयबस्तु माथि बिमर्श कार्यक्रमको आयोजना गरिएको छ ।
रेडियो खबरपालिकाको आयोजनामा जेठ ६ गते भएको उक्त बिमर्श कार्यक्रममा कृषि अभियान्ता तथा लेखक जीवन कुमार राईले पाण्डेको पुस्तकको बिषयमा समालोचना गर्नुभएको थियो ।
पुस्तकमा बि.सं. २०४६ साल भन्दा अघि नेपालको कम्युनिष्ट पार्टी स्थापना गर्न दुःख गर्ने पात्रहरुको योगदान र अवस्थाका बारेमा लेखिएको छ ।
कार्यक्रममा पाण्डेले पुस्तकको बारेमा जानकारी दिैदै त्यसको बिभिद पक्ष,पात्र र बिषय बस्तुको बारेमा चर्चा गर्नुभएको थियो ।
अभियान्ता राई र लेखक पाण्डेको पुस्तको बिषयमा जिल्लाका लेखक,साहित्कार तथा पत्रकारहरुले पुस्तकमा छुटेका बिषयमा थप खोज गरेर समाबेश गर्न सुझाव दिनुभएको थियो ।
आएका सुझावलाई आगामी अर्को संस्करणमा सभाबेश गर्ने जानकारी दिंदै पाण्डेले यस्ता निष्ठावान राजनैतिक दस्तावेज कम्युनिष्टका मात्र नभएर कांग्रेस लगाएत अरुले पनि लेख्नुपर्ने सुझाव दिनुभयो ।
पुस्तक माथि,संचारकर्मी सन्तबीर लामा,धनकुटा नगरपालिकाका मेयर भीमा देवी खनाल,जिल्ला समन्वय समितिका उपप्रमुख साबित्रा राई लगाएतले सुझाव दिनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले आफू जिल्लाबासी भएको हैसियतले आगामी प्रकाशन हुने पुस्तकको अर्को संस्करणमा जिल्लाको बिषयबस्तु नछुटाईदिन आग्रह गर्नुभयो ।
पाण्डे कम्युनिष्ट आन्दोलनका क्रममा २०३६ सालमा छिन्ताङ हत्याकाण्डका परिवारलाई भेट्ने क्रममा धनकुटा आउनुभएको हो ।





