पाख्रिबासमा अटोको ठक्करबाट दुई बर्षिया बालक गम्भिर घाइते
धनकुटा,७ जेठ । धनकुटामा अटोको ठक्करबाट एक बालक गम्भिर घाइते भएका छन् ।
जिल्लाको पाख्रिबास नगरपालिका ९ को उत्तरपानीमा आज हिलेबाट छिन्तांग तर्फ जांदै गरेको को २ ह २८२५ नम्बरको अटोले ठक्कर दिंदा २ बर्षिया बालक नोर्गेन मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उहांका अनुसार बालक बाटोमा एक्कासी आएपछि अटो अनियन्त्रित भइ ठक्कर दिएको हो ।
घाइते बालकको थप उपचारको लागि अन्यत्र पठाइएको साथै अटो चालक धनकुटा नगरपालिका १० का ३८ बर्षिया कुमार भट्टराईको स्थानिय मेडिकलमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए ।


