झापाबाट अनलाइन सट्टाबाजी चलाएको आरोपमा आमा–छोरी पक्राउ
झापा । झापा कन्काई नगरपालिका–८ लक्ष्मीपुरबाट अनलाइन सट्टाबाजी चलाएको आरोपमा आमा–छोरी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ४१ वर्षीया इन्दिरा प्रसाई र २१ वर्षीया छोरी सिम्रन प्रसाई छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडले राति २:३० बजे छापा मार्दा उनीहरूबाट ५ मोबाइल, २ ट्याब र १ ल्यापटप बरामद भएको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार, उनीहरूले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्दै आएका थिए।
दुवैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।


