धनकुटाको भेडेटारबाट १० किलो गांजा सहित गाडी चालक पक्राउ,गांजा बोक्ने ब्यक्ति फरार

धनकुटा,७ जेठ । धनकुटाको भेडेटारबाट लागुऔषध गांजा सहित बोलेरो चालक पक्राउ परेका छन् ।

आज करिब १ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट भेडेटार चोकमा खटिएको चेकिङ्ग टोलीले भोजपुरबाट धरानतर्फ जाँदैगरेको को १ ज ३१६२ नम्बरको यात्रुबाहक बोलेरो गाडीलाई जाँच गर्दा गाडीको छतमा राखी लैजाँदै गरेको जेब्रा झोलाभित्र लागुऔषध गाँजा १० किलो फेला परेको हो ।

उक्त गांजा गाडीमा फेला परेपछि अनुसन्धानको लागि चालक सहिदभूमि गाउंपालिका ६ का ३५ बर्षिया राजेश राईलाई उल्लेखित गाँजा र गाडी सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा बोलेरोका यात्री भोजपुर जिल्ला पौवादुम्मा गाउँपालिका बस्ने टेकेन्द्र राई भोजपुरको पौवादुम्मा स्थित छेदुवा चोकबाट उक्त गाँजासहित चढेको र भेडेटारमा प्रहरीको चेकिङ देखेपछि फरार रहेको डीएसपी खनालले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।