धनकुटाबाट गोठमा थुनेर राखिएको बालकको उद्दार

धनकुटा,७ जेठ । धनकुटामा मानसिक सन्तुलन ठीक नभएको भनिएको बालकको प्रहरीले उद्दार गरेको छ ।

तेह्रथुमको फेदाप गाउंपालिका १ घर भइ हाल धनकुटाको छथरजोरपाटी गाउंपालिका ५ परेवादिन स्थित ससुराली घरमा बस्दै आएका सोम कुमार लिम्बुको ८ बर्षिया छोरा सुहाङ लिम्बूलाई आज उद्दार गरिएको हो ।

मानसिक सन्तुलन ठीक नभएको भनिएका बालकलाई विगत २ महिना देखि टाटीको बेराको गोठ बनाई थुनेर राखिएको भन्ने सामाजिक संजाल मार्फत जानकारी पाएपछि प्रहरी चौकी सिधुवाबाट प्रनानि नविन कुमार प्रधानको कमाण्डमा खटिएको टोलीले बालकको उद्दार गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।

उद्दार गरिएको बालकलाई भोलि नै स्थायी घर तेह्रथुम लगी जन्मदर्ता लगायत आवश्यक कागजपत्र बनाई उपचारको लागि काठमाडौ पठाउन समन्वय भैरहेको डीएसपी खनालले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।