आईपीएल २०२५ः पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन ५ क्रिकेटर

काठमाडौं । राजस्थान रोयल्सका ब्याट्सम्यान यशस्वी जैसवालले आईपीएल २०२५ को पावरप्लेमा सबैभन्दा धेरै छक्का प्रहार गरेका छन्। यो सूचीमा १४ वर्षीय वैभव सूर्यवंशीको नाम पनि परेको छ।

 

यशस्वी जैसवालले आईपीएल २०२५ को पावरप्लेमा सबैभन्दा धेरै छक्का प्रहार गरेका छन् । जैसवाल बाहेक मिचेल मार्स, अजिंक्य रहाणे, प्रभसिमरन सिंह र वैभव सूर्यवंशीको नाम पनि परेको छ ।

 

जैसवालले पावरप्लेमा २०८ बल खेलेका छन् । यस अवधिमा उनले २२ छक्का प्रहार गरेका छन् । जैसवालले यो सिजन कुल २८ छक्का प्रहार गरेका छन् । जैसवालले १४ खेलमा ४३ को औसत र १६० को स्ट्राइक रेटमा ५५९ रन बनाएका छन् ।

 

लखनऊ सुपर जायन्ट्सका ओपनिङ ब्याट्सम्यान मिचेल मार्स यो सूचीमा दोस्रो स्थानमा छन् । मार्सले पावर प्लेमा १६० बलको सामना गरेका छन् । यस अवधिमा उनले १८ छक्का प्रहार गरेका छन् । मार्सले यो सिजन ११ खेलमा कुल २४ छक्का प्रहार गरेका छन् ।

 

पावर प्लेमा सर्वाधिक छक्का प्रहार गर्नेमा कोलकाता नाइट राइडर्सका कप्तान अजिंक्य रहाणे तेस्रो स्थानमा छन् । रहाणेले ११९ बलको सामना गर्दै १५ छक्का प्रहार गरेका छन् ।

यो सूचीमा पञ्जाब किंग्सका ओपनिङ ब्याट्सम्यान प्रभसिमरन सिंह पनि परेका छन् । प्रभासिमरनले पावरप्लेमा १६८ बलको सामना गरेका छन् । यस अवधिमा उनले १४ छक्का प्रहार गरेका छन् ।

 

उता, १४ वर्षीय राजस्थान रोयल्सका ओपनर ब्याट्सम्यान वैभव सूर्यवंशीले यस वर्षको आईपीएलमा दबदबा कायम गरेका छन् । उनले यो सिजन पावरप्लेमा ७० बल खेले। यस अवधिमा उनले १४ छक्का प्रहार गरेर सबैभन्दा कान्छो खेलाडीकोसमेत नयाँ रेकर्ड बनाएका छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।