मोरङको पथरीशनिश्चरेमा हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

पथरी – मोरङको पथरीशनिश्चरे-१० मा नि:शुल्क कम्प्यूटर तालिम सञ्चालन सुरू भएको छ।  

झापामा दमकमा रहेको हिमालयन औरा डिजिटलले पथरीशिश्चरे वडा नं. १० का बासिन्दालाई लक्षित गरेर तालिम सञ्चालन सुरू गरेको हो। बुधबार नगरउपप्रमुख देवीमाया काफ्लेले तालिमको उद्घाटन गरिन्। 

सो उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख काफ्लेले भनिन्, ‘यो वडाबासीको लागि निकै राम्रो अवसर हो, तपाईंहरूले निःशुल्क कम्प्युटर कक्षाको ज्ञान हासिल गरी आफ्नो कम्प्युटर स्किल बढाउनुहोस्, शुभकामना दिन चाहन्छु।’

तेस्रो मुलुकमा रहेका भुटानी शरणार्थी र १० नम्बर वडा कार्यालयको समेत संयोजन रहेको उक्त तालिममा शरणार्थी शिविरबाट ३० र वडाले पठाएका ३० गरी ६० जनालाई आधारभूत तालिम दिइने आयोजकले बताएको छ।
जसमध्ये उत्कृष्ट २० जनालाई थप माथिल्लो तहक‍ो तालिमको अवसर दिइने कार्यक्रमका अध्यक्ष राम बानियाँले बताए।

विशेषगरी ३० वर्षमुनिका युवा समूहरू यो उमेरमा बढी कुलतमा फस्ने सम्भावना रहेको हुँदा त्यसलाई न्यूनीकरण गर्न पनि तालिमको आयोजना गरिएको बानियाँले बताए। 

बानियाँको अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रममा वडाध्यक्ष जीवन खतिवडा, पूर्वनगर प्रमुख दिलीपकुमार राई, भ्वाइस अफ नेपाल विजेता किरण गजमेर, पूर्वक्याम्प सचिव चम्पासिंह राई, क्याम्प सचिव करण राई, खानेपानी समिति सदस्य चन्द्र घिसिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

सो कम्प्युटर कक्षाका विषयमा तालिम निर्देशक राजेश थापा र कम्प्युटर शिक्षक सुगम पोखरेलले प्रष्ट पारेका थिए।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहाल, समाजसेवी देवराज भण्डारी, वडासदस्य तथा कार्यपालिका सदस्य मीना योन्जन, वडा सदस्यहरू दिलबहादुर कार्की, वीरबहादुर बस्नेत, मनकुमारी विश्वकर्मा, विद्यालयका प्रअहरू र वडाबासीको उपस्थिति रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।