संखुवासभामा दाहसंस्कार गर्न लगिएकी बालिकाको शव प्रहरीले लियो नियन्त्रणमा

संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले दाहसंस्कार गर्न लगिएकी बालिकाको शव नियन्त्रणमा लिएको छ।

प्रहरीले भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया बालिका एम्बुलेन्समार्फत घरतर्फ लग्दै गरेको शव बाटैमा नियन्त्रणमा लिएको हो। भोटखोला –४ सिप्प्रङका गोपाल तामाङकी ६ वर्षीया छोरी युनिका तामाङको शव खाँदबारी नगरपालिका–३ गुरुङचोकबाट नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।

बिहीबार बिहान करिबअ ७ बजे गुरुङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्स सहित शव नियन्त्रणमा लिएको हो। वैशाख ३० गते घरायसी विवादका क्रममा जेठाजु गोमाल तामाङ र भाइबुहारी कल्पना (गुरुङ) तामाङबीच झगडा भएको थियो।

झगडाका क्रममा भाइबुहारी कल्पनाले भतिजी युनिकालाई धकेल्दा डिलबाट लडेर गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते युनिकाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो।

प्रहरीका अनुसार युनिकाको नोबेल अस्पतलमा उपचारका क्रममा जेठ ७ गते बुधबार मृत्यु भएको हो। नियन्त्रणमा लिएको शव जिल्ला अस्पताल संखुवासभाको शवगृहमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

प्रहरीले गोपालकी भाइबुहारी कल्पनालाई भोटखोला–४ सिप्प्रङबाट आजै पक्राउ गरेको जनाएको छ। घटनाको बारेमा मृतकका बुबा गोमाललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।