धनकुटाबाट लागुऔषध र मोटरसाइकल सहित पाँचथरका एक जना पक्राउ
धनकुटा,९ जेठ ।धनकुटाबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका ८ बुधवारेका २८ वर्षीय मौसम लिम्बु रहेका छन् ।
आज सांझ चौबिसे गाउँपालिका १ स्थित ढिस्कोमा खटिएको प्रहरी चेकिङ्ग टोलीले मोरङको लेटाङबाट धनकुटाको बुधबारे तर्फ आउँदै गरेको प्र १-०१-०१५ प ३१४६ नम्बरको मोटरसाइकललाई शंका लागी जाँच गर्ने क्रममा लिम्बुले बोकेको झोलाबाट ट्रेकडोल लेखिएको लागुऔषध ट्रामाडोल ९०० ट्याब्लेट र DIYSE-20 लेखिएको Demeclocycline औषधि समेत ९०० ट्याब्लेट फेला पारेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
मोटरसाइकल सहित पक्राउ परेकाको इलाका प्रहरी कार्यालय राजारानी ल्याई थप अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ ।


