धनकुटामा गाँजा सहित लागुऔषध नष्ट

धनकुटा,१० जेठ । धनकुटामा विभिन्न मितिमा बरामद गरिएका गांजा सहित लागुऔषध आज नष्ट गरिएको छ ।

धनकुटा नगरपालिका ९ मुलघाट स्थित तमोर नदीको किनारमा गाँजा १८३८ केजी, ट्रामोल लेखिएको ट्रामाडोल ४१४ क्याप्सुल, डेसोलिक लेखिएको डाइजिपाम ५० ट्याब्लेट तथा स्पास्पेन र स्पासरेस्ट लेखिएका डाइसिक्लोमाइन औषधि ३३३ ट्याब्लेटलाई धनकुटा जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय नागरिकको रोहवरमा अपराध अनुसन्धान शाखाले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बरामद भएका लागुऔषधबाट प्रयोगशालामा परीक्षण गर्न पठाउनको लागि कानूनले तोकेको निश्चित मात्रा छुट्याई बाँकी लागुऔषधलाई अदालतको अनुमति अनुसार नष्ट गर्नुपर्ने विधि रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।