धरानमा मृत भेटिएका पुरुषको खुल्यो पहिचान
सुनसरी । सुनसरीको धरानमा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ ।
मृतक म्याग्लुङ नगरपालिका वडा नम्बर -१० तेह्रथुम स्थायी घर भई हाल धरान उपमहानगरपालिका वडा नम्बर – १५ , श्यामचोक पूर्वपट्टि कञ्चनमार्गमा दाजु भरत लिम्बुको घरमा बस्ने ४३ वर्षिय भीमसुन्दर लिम्बु भएको खुलेको छ ।
मृतक आज बिहान ४ बजे मर्निङ वाकमा निस्किएको पारिवारिक स्रोतले जनाएको छ। । बिहान वाक हिड्दै गर्दा बाटोमा लडिरहेको अवस्था स्थानियले देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
भिमसुन्दरको पहिचान उनकै श्रीमती चन्द्रकुमारी लिम्बुले गरेको डिएसपी प्रकाश जबेगुले बताए। लिम्बू उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका कारण उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।
आज लिम्बूको शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ।


