नेपाल लोकतन्त्रवादी आदिवासी लिम्बू(याक्थुङ) संघको अध्यक्षमा खडग थेगिम चयन
नरेन्द्र कश्चित/धनकुटा,१० जेठ । नेपाल लोकतन्त्रवादी आदिवासी लिम्बू(याक्थुङ) संघको आज धनकुटाको साँगुरीगढीको भेेडेटारमा भएको प्रथम भेलाले खडग थेगिमको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन कार्य सम्पन्न गरेको छ ।

भेेलाले उपाध्यक्ष पदमा तुमराज लिम्बू, सचिव पदमा डिग बहादुर थोक्लेन ,सह-सचिव पदमा टीका लिम्बू ,कोषाध्यक्ष पदमा लक्ष्मी कुमार लिम्बू , सदस्य पदमा क्रमश : तारादेवी लिम्बू ,कञ्चन लिम्बू ,नगेन्द्र लिम्बू ,बिक्रम लिम्बू ,लक्ष्मण लिम्बू ,भीम मादेन सर्वसम्मत चयन गरिएको नेपाल लोकतन्त्रवादी आदिवासी लिम्बू(याक्थुङ)संघका केन्द्रीय सह-महामन्त्री हर्कराज लिम्बूले बताउनु भयो ।
नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईको प्रमुख आतिथ्यमा सम्पन्न भेेला नेपाल लोकतन्त्रवादी आदिवासी लिम्बू (याक्थुङ ) संघका केन्द्रीय अध्यक्ष उत्तम थाम्देन लिम्बूको अध्यक्षतामा
प्रथम लोकतन्त्रवादी लिम्बू(याक्थुङ) संघको भेेला सम्पन्न भएको हो ।भेेलाको उद्घाटन सत्रमा स्वागत मन्तब्य नेपाल लोकतन्त्रवादी आदिवासी लिम्बू(याक्थुङ)संघका केन्द्रीय सह-महामन्त्री हर्कराज लिम्बूले गर्नु भएको थियो ।
नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति जनकसिंहसेन लिम्बू ,महाधिवेशन प्रतिनिधि मणि चेेम्जोङ्ग,नेपाल लोकतन्त्रवादी नेपाल आदिवासी जनजाति महासंघ प्रदेश सदस्य ललित चेेम्जोङ्ग,नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका पुर्व केन्द्रीय सदस्य रमेश इवाहाङ्ग,
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ धनकुटा अध्यक्ष नरेन्द्र राई,गाँउपालिकाका अध्यक्ष छत्र सुब्बा लगायतकाले बधाई एवं शुभकामना मन्तब्य राख्नु भएको थियो ।


