धनकुटाको पाख्रीवासमा महिलाहरुको क्षमता विकासका लागि सञ्चालित उद्घोषण सम्बन्धि ५ दिने तालिम सम्पन्न

धनकुटा,१० जेठ । महिलाहरुको क्षमता विकासका लागि धनकुटाको पाख्रीवासमा सञ्चालित उद्घोषण सम्बन्धि ५ दिने तालिम आज सम्पन्न भएको छ ।

पाख्रीवास नगरपालिका ४ नं वडा कार्यलय धनकुटाको आर्थिक सहयोग तथा छथर मिडिया प्रा.लि धनकुटाको आयोजनामा भएको तालिम समापन कार्यक्रममा बाेल्दै पाख्रीवास नगरपालिकाका ४ नं वडा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सुष्मा गुरुङले महिलाहरुको क्षमता विकासका लागि आगामी वर्षहरुमा पनि आवश्यक याेजनाहरु सञ्चालन गर्ने बताउनु भयो, जस्का लागि वडाको बजेटले पुगेसम्म बजेट विनियोजन गर्न पहल गर्ने बताउनु भएको छ । उहाले यो तालिमका सहभागिहरुलाई तालिममा सिकेको सीप आगामी दिनमा व्यवहारमा लागू गर्न आग्रह समेत गर्नुभयो ।

छथर मिडिया प्रा.लि धनकुटाका अध्यक्ष कविराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष तथा तालिमका मुख्य प्रशिक्षक विदुर खवासले सहभागिहरुलाई आफुले सिकेको सीपको सदुपयोग गर्दै आउदा दिनमा उद्घाेषणको क्षेत्रमा अघि बढ्न सुझाव दिनुभयो।

त्यस्तैगरि सहभागिहरुको तर्फबाट बोल्दै तालिमका सहभागी शारदादेवी गुरुङले आफुहरुका लागि यो तालिम ज्यादै उपयोगी भएको बताउनु भयाे । उहाँले आउदा दिनहरुमा पनि वडा तथा नगरले महिलाहरुको क्षामता विकासका लागि थप तालिम तथा कार्यक्रमहरु गर्न आवश्यक रहेको बताउनु भयो ।

जेठ ६ देखि १० गते सम्म सञ्चालन भएको तालिममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास,उपाध्यक्ष तथा कार्यक्रम संयोजक सर्मिला राई,कोषाध्यक्ष नारायण कुमार आठपहरियाले प्रशिक्षण दिएका थिए । वडा सदस्य कुमारी परियार, धनकुटा खबर अनलाईनका सह-सम्पादक मोहन राई लगायतको उपस्थिती रहेको कार्यक्रममा स्वागत मन्तव्य तालिमका सहभागी रेखा राईले राख्नु भएको थियो भने सञ्चालन नविना विश्वकर्माले गर्नु भएको थियो ।

तालिममा वडाका १९ जनाले सहभागिता जनाएका थिए ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।