धनकुटाबाट लागुऔषध गांजा सहित दुई जना पक्राउ
धनकुटा,११ जेठ । धनकुटाबाट लागुऔषध गांजा सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउंपालिका ६ का १९ बर्षिया प्रबेश राई र चालक धनकुटा नगरपालिका १ बस्ने अन्दाजी ३९ बर्षिया दिनेश तामाङ रहेका छन् ।
आज बिहान अन्दाजी ७:५० बजे साँगुरीगढी गाँउपालिका ६ भेडेटार स्थित हिलेबाट ईटहरी तर्फ जादै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४५७५ नम्बरको इभी गाडी जांचको क्रममा निज राई बसेको सिट मुनी रहेको कालो झोला खोली हेर्दा प्रतिबन्धित लागु औषध गाँजा जस्तो देखिने पदर्थ १२ किलो फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
गाडी र गाडी चालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


