किराया पाख्रीबासद्वारा साकेला उभौली बिशेष कार्यक्रमको आय-ब्यय विवरण सार्बजनिक
धनकुटा,११ जेठ । किरात राई यायोक्खा पाख्रीबास नगर कार्य समितिले गत जेठ ३ गते आयोजना गरिएको साकेला उभौली बिशेष कार्यक्रमको आय-ब्यय विवरण सार्बजनिक गरेको छ ।
कार्यक्रममा विभिन्न चन्दादाताहरु मार्फत नगद सहयोग रु १ लाख ५३ हजार ३ सय २२ रुपैया आम्दानी भएको र विभिन्न शिर्षकमा कुल २ लाख ९४ हजार ९ सय ४० खर्च भएको जनाइएको छ ।
सहयोग रकम दिने प्रतिबद्दता ब्यक्त गर्नेहरुबाट नगद रकम आउने क्रम जारी रहेको छ भने क्रमश: आउने दिनमा दाताहरुको नाम अपडेट गर्दै लगिने किराया पाख्रीबास नगर कार्य समितिका अध्यक्ष जितेन्द्र मांग्पाहांग राईले जानकारी दिनु भयो ।
कार्यक्रममा साकेला उभौलीलाई विभिन्न क्षेत्रबाट आर्थिक,भौतिक,नैतिक समर्थन र सहयोग गरिदिने सम्पूर्णलाई एकमुष्ट रुपमा धन्यवाद ज्ञापन गरिएको थियो ।
किराया पाख्रीबासद्वारा नपा ७ को राम्चे डांडा क्षितिज बस्तीमा गत बैशाख २९ गते नांग्छोंगद्वारा विधिवत रुपमा पूजा गरि साकेला थानको स्थापना गरि गत जेठ ३ गते बृहत साकेला उभौली नाच तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।


