धनकुटाबाट चिरान काठ सहित दुई जना पक्राउ
धनकुटा,११ जेठ । धनकुटाबाट चिरान काठ सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सहिदभूमि गाउंपालिका ७ का २५ बर्षिया रुद्रमाण राई र चालक ३२ बर्षिया प्रेम कुमार राई रहेका छन् ।
आज दिउंसो धनकुटा नगरपालिका ३ स्कुल डांडा स्थित कोशी लोकमार्गमा हिलेबाट धनकुटा तर्फ आउदै गरेको को २ च १५०३ नम्बरको बोलेरो पिक-अप लाई रोकी चेकजाँच गर्दा उक्त पिक-अपमा रहेको चिलाउने जातको जस्तो देखिने ११७ थान चिरान गरेको काठको आवश्यक कागजपत्र माग गर्दा देखाउन नसकेपछी उक्त पिकअप ,चिरान काठ सहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेकालाई आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय धनकुटामा बुझाइएको प्रवक्ता श्रेष्ठले बताए ।


