ओझेलमा मगर संग्रहालय
शैलेन्द्र तामाङ/जेठ १३,(चौबिसे)धनकुटा । धनकुटा चौबिसे गाउंपालिका–२, मुढेबासस्थित डांडा गाउंमा मगर जातिको संग्रहालय ओझेलमा परेकोछ ।
प्रचारप्रसार र सडक पहुचका नभएका कारण उक्त संग्रहालय ओझेलमा परेको संग्राहलयका संरक्षक तथा गाउंपालिकाका उपाध्यक्ष टंकमाया पाङ्मी मगरले जानकारी दिनुभयो ।

संग्राहलयमा करिब एक सय भन्दाबढी पुराना सामान संग्रह गरिए पनि अवलोकनका लागि भने कमै मात्रामा पर्यटकहरु पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।
सग्रहालयमा मगर जातिले प्रयोग गर्ने पुरानो दुध दुहुने भा“डो, सगुन हाल्न प्रयोग गरिने ‘गरियो’ लगायतका करिब एक सय भन्दा बढी लोपोन्मुख सामग्रीेहरु राखिको मगरले जानकारी दिनुभयो ।
४ वर्ष पहिले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट कोशी प्रदेश सरकारको दश लाख बजेटमा संग्राहलयको निर्माण गरिएको थियो ।
भवन संरक्षणका लागि सामाग्री खरिद गर्न आर्थिक वर्ष ०८१÷०८२ बाट चौबिसे गाउ“पालिकाले ६ लाख रुपैया“ बजेट उपलब्ध गराएको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो ।
यस संग्राहलयमा मगर जातिको भाषा, कला, संस्कृतिबारे शोध तथा अनुसन्धना गर्ने तथा संग्रहालय अवलोकनका लागि कमै मात्रामा मात्रै मानिसहरु पुग्ने गरेको स्थानीय बासीले जानकारी दिएका छन् ।(प्रशिक्षार्थी पत्रकार)


