साँगुरीगढीमा रहेको झण्डी डाँडा पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ आहालेस्थित झण्डी डाँडा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।

समुद्र सतहदेखि करिब १,३८० मिटर (४,५२७ फिट) उचाइमा अवस्थित यो डाँडाबाट मौसम खुलेको बेला तराईका फाँटहरूदेखि लिएर भारतको पश्चिम बंगालसम्मका दृश्यहरू अवलोकन गर्न सकिने विशेष स्थलको रूपमा चिनिन्छ।

झण्डी डाँडाले पर्यटकहरूलाई मनोरम दृश्य प्रदान गर्ने विशेषता बोकेको छ। वरपर फिँजिएका लालिगुराँसका रुखहरू यस क्षेत्रको थप आकर्षण हुन्। विशेषगरी लालिगुराँस फुल्ने मौसममा झण्डी डाँडा पर्यटकहरूको रोजाइमा पर्ने गर्दछ।

यस क्षेत्रमा विभिन्न प्रकारको सुनाखरी फूल पनि पाईन्छ। यो क्षेत्र सुनाखरीका लागि कुनै समय एकदमै प्रसिद्ध भए पनि पछिल्लो चरणमा लोप हुने अवस्थामा छ।

अहिले साँगुरीगढी गाउँपालिकाको आयोजनामा खुवालुङ त्रिवेणी–ध्वजे डाँडा पदमार्ग विकासको कार्य अघि बढेको छ। यस पदमार्गमा पैदल यात्रा गर्ने पर्यटकहरू झण्डी डाँडा हुँदै प्राकृतिक दृश्यहरूको अवलोकन गर्दै यात्रा गर्ने भएका छन्, जसले झण्डी डाँडालाई अझ बढी चासोको केन्द्र बनाइरहेको पाइन्छ।

आन्तरिक तथा बाहय पर्यटकहरुलाई यो पदमार्गमा पदयात्रा गराउने लक्ष्य साँगुरीगढी गाउँपालिकाको रहेको छ ।

स्थानीय सरकारले पदमार्ग, सूचना बोर्ड, विश्रामस्थल लगायत संरचनागत विकासमा जोड दिँदै झण्डी डाँडालाई पर्यटकीय गन्तव्यको रूपमा थप व्यवस्थित बनाउने योजना अघि सारेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖