धनकुटामा स्कर्पियो दुर्घटना,पांच जना घाइते (नामावली सहित)
धनकुटा,१४ जेठ । धनकुटामा स्कर्पियो गाडी दुर्घटना हुंदा पांच जना घाइते भएका छन् ।
आज दिउंसो करिब १२:२० बजे साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ चरखोले गोलाई स्थित कोशी लोकमार्गमा धरानबाट संखुवासभा तर्फ जादै गरेको को १ च ६६४० नम्बरको स्कार्पियो गाडी बेक्र फेल भई बाटोबाट अन्दाजी ५० मिटर सडक बाट तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते हुनेहरुमा चालक सप्तरी बोदेबर्साईन नपा ३ बस्ने ३८ बर्षिया राकेश कुमार यादव, उदयपुरको त्रियुगा नपा (वडा नम्बर नखुलेको) बस्ने ६५ बर्षिया ललित परियार, मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३३ की एन्जिला अधिकारी ,मोरङ्ग बिराटनगर बस्ने वर्ष २३ की निर्मला गुर्वाजु र मोरङको उर्लाबारी नपा १ बस्ने वर्ष ३० की ज्ञानु गौतम रहेका छन् ।
घाईतेहरुको उपचारको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिषठान धरान घोपा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घाइते स्कर्पियोमा सवार रहेको मानिसहरू ४ जना नै HEARD नेपाल बिराटनगर संस्थाका कर्मचारीहरु रहेको र गाडीमा चालक सहित ५ जना सवार रहेको प्रहरीले जनाएको छ ।


