मोरंगको सुन्दरहरैंचामा बेवारिसे शव फेला
मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–९, झरनापुल नजिकै एक अज्ञात पुरुषको शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार शव आज दिउँसो करिब ३:३० बजे भेटिएको हो। मृतकको पहिचान अझै खुलेको छैन।
शव पहिचान गर्न सकिने जोकोहीलाई बेलबारी प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।


