धनकुटामा ट्याक्टरबाट लैंजादै गरेको २ सय ४४ थान चिरान काठ सहित चालक पक्राउ
धनकुटा,१५ जेठ । धनकुटामा ट्याक्टरमा लैंजादै गरेको चिरान गरेको काठ सहित चालक पक्राउ परेका छन् ।
गत जेठ १४ गते प्रहरी चौकी डाँडाबजार धनकुटाबाट प्रहरी सहायक निरीक्षक भुनेश्वर प्रसाद यादवको कमाण्डमा खटि गएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा जिल्लाको साँगुरीगढी गाउँपालिका ५ डाँडाबजार स्थित वडा नं. ३ इनामेबाट चौबिसे गाउँपालिका वडा नं. ६ राजारानी तर्फ आउदै गरेको प्र २-०३-००१ त ३९६५ नम्बरको ट्याक्टर रोकी चेकजाँच गर्ने क्रममा २४४ थान चिरान गरेको काठ बरामद गरिएको हो ।
ट्याक्टरमा रहेको सल्ला जस्तो देखिने काठको आवश्यक कागजपत्र माग्दा देखाउन नसकेपछी उक्त ट्याक्टर ,चिरान काठ सहित ट्याक्टर चालक चौबिसे गाउँपालिका ६ कोर्णा बस्ने २६ बर्षिया सुमन लिम्बुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजारानी सव-डिभिजन बन कार्यालय डाँडाबजारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


