धनकुटामा यसरी मनाइयो गणतन्त्र दिवस
धनकुटा,१५ जेठ ।धनकुटामा पनि १८ औं गणतन्त्र दिवश मनाइएको छ ।
वि.सं. २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झना गर्दै धनकुटामा समेत गणतन्त्र दिवस मनाइएको हो ।
धनकुटाको बसपार्क बाट र्याली सहितको प्रभावफेरीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै धनकुटा सदरमुकामको तल्लोटुडिखेलमा पुगेर कार्यक्रम गरको थियो ।


